Jungle Festival

भलाम प्रथामिक विद्यालयमा टेलिभिजन तथा खेलकुद सामाग्री वितरण:

ADVS here

पोखरा उप–महानगरपालिका भलामस्थित भलाम प्रथामिक विद्यालयमा टेलिभिजन तथा खेलकुद सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।   लेकसाईड डो जाङ लेखसाइडको आयोजनामा उक्त टेलिभिजन तथा खेलकुद सामाग्री वितरण गरीएको हो । विद्यालयलाई पोखरा उप–महानगरपालिका –४ गणेशटोल निवासी फौदारी महेन्द्रमान पालिखे र श्रीमती नाना पालिखले एक थान टेलिभिजन तथा लेकसाईड डो जाङ लेखसाइडले शैक्षिक  तथा खेलकुद सामाग्री विद्यायलय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन बहादुर क्षेत्रीलाई वितरण गर्नुभएको हो  ।

उक्त सामाग्री वितरण कार्यक्रममा बोल्दै पालिखे दम्पत्तिले निजि विद्यालयमा अध्यानरत विद्यार्थीहरुले पाउने सुबिधाहरु सरकारी विद्यालयमा अध्यानरत विद्यार्थीहरु  पनि पाउन भन्ने उद्देश्यले आफुहरुले सहयोग गरेको बताउनुभयो । उहाँहरुले यस अगाडी पनि अन्य ठाउँमा सहयोग गरेको बताउदै अबका दिनहरुमा पनि सहयोगलाई निरन्तरता दिने बताउनुभयो ।

त्यस्तै लेकसाईड डो जाङ लेकसाइडका प्रितम कुवरले आफुहरुले खेलक्षेत्र सँगै शैक्षिक क्षेत्रको विकास र सुधारको लागि सहयोग गरेको बताउनुभयो । उक्त अबसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्षेत्रिले सहयोगदाताहरुको सहयोगले आफुहरुलाई थप हौसला मिलेको बताउदै सहयोगको लागि धन्यबाद ज्ञापन गर्नुभयो । उक्त विद्यालयमा ४० जना विद्यार्थीहरु अध्यायनरत छन ।

ads5

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*