ADVS here

पोखरा एकेडेमीको १३ औं वार्षिकोत्सव सम्पन्न:

ADVS here

पोखराको बाटुलेचौरमा रहेको पोखरा एकेडेमीले एक दशकदेखि विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीहरुलाई सम्मान गरेको छ ।

विद्यालयको १३ औं वार्षिकोत्सव एवम् अभिभावक दिवसका अवसरमा आज आयोजित कार्यक्रममा ९ जना शिक्षक कर्मचारीलाई सम्मान गरिएको हो ।

विगत १० वर्षदेखि विद्यालयमा कार्यरत शिक्षक शिलादेवी पौडेल, मोहन थापा, पार्वती बस्नेत, अञ्जना कार्की, हर्क ब. जि.सि., लक्ष्मी गुरुङ्ग तथा कर्मचारीहरु सपना गायक, इन्द्रप्रसाद पौडेल र सन्ध्यादेवी शर्मालाई कास्कीका जिल्ला शिक्षा अधिकारी शंकर ब. गौतम, व्यावस्थापन समितिका अध्यक्ष बसन्त तिमिल्सिना, प्रिन्सिपल महेन्द्र गुरुङ्ग लगायतले नगद १५ हजार सहित सम्मानपत्र र दोसल्ला ओढाई सम्मान गर्नुभयो । त्यस अवसरमा प्रवेशिका परिक्षामा उत्कृष्ठ अङ्क ल्याउने विद्यार्थीलाई पनि सम्मान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसन्त तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै कास्कीका जिल्ला शिक्षा अधिकारी शंकर ब. गौतमले राष्ट्रलाई समृद्ध बनाउन प्राविधिक संगसंगै वैज्ञानिक शिक्षा आवश्यक भएको बताउनुभयो । कार्यक्रममा प्याव्सन कास्कीका अध्यक्ष दीनेश श्रेष्ठ, विद्यालयका संस्थापक कृष्ण थापा, प्रिन्सिपल महेन्द्र गुरुङ्ग, सम्मानित शिक्षक मोहन थापा, विद्यार्थी उवर्शी मानन्धर लगायतले शैक्षिक विकाशका लागी सवैपक्षबिच हातेमालो हुनुपर्ने बताएका छन् ।

कार्यक्रममा शैक्षिक सत्र तर्फको पुरस्कार विभिन्न अतिथिहरुले वितरण गरेका थिए । त्यस अवसरमा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक नृत्य र गीत समेत प्रस्तुत गरेका थिए ।

ads5

ADVS here

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*