Jungle Festival

जिल्ला शिक्षा अधिकारी विद्यार्थीलाई पढाउन ब्यस्त:

ADVS here

शैक्षिक सुधारका लागि ग्रामीण भेगका विद्यालयमा पुगी जिल्ला शिक्षा अधिकारी विद्यार्थीलाई पढाउन ब्यस्त छन् ।
नेपाली शैक्षिक बजारमा मात्र नभई अन्तर्राष्ट्रिय क्षेत्रमा बिक्ने जनशक्ति उत्पादनको तयारीका लागि जिल्ला शिक्षा अधिकारी नारायणकाजी काशीछेवा कक्षा कक्षामा पुगी विद्यार्थीलाई पढाउने गर्नुभएको छ ।  विद्यालयको शैक्षिक अवस्थाको निरीक्षण एवम् अनुगमन गर्ने क्रममा जिशिअ काशिछेवाले शैक्षिक अवस्थाको छड्के जाँच गरी अपुग कुरा विद्यार्थीलाई सिकाउने गर्नुभएको हो । जिशिअले टोलीमा विषयगत विशेषज्ञ स्रोत व्यक्तिहरु लिएर जाने हुँदा विषयगत समस्या समाधान गर्न सजिलो भएको जिल्ला शिक्षा कार्यालय दोलखाले जनाएको छ ।
जिल्लाको सिकाइ उपलब्धि जसरी भएपनि वृद्धि गर्नुपर्ने चुनौती शिक्षक र जिल्ला शिक्षा कार्यालयका कर्मचारीमा रहेकाले विद्यालय निरीक्षण दौडाहा कार्यक्रम अभियानका रुपमा अगाडि बढाएको जिशिअ काशिछवाले बताउनुभयो । शैक्षिक सुधारका लागि शिक्षाका तीन खम्बा शिक्षक, विद्यार्थी र अभिभावकलाई नै सचेत तथा क्रियाशील गराउन गाउँगाउँ पुग्ने गरेको जिशिअ काशिछेवाले दाबी गर्नुभयो ।

ads5

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*