ADVS here

विद्यार्थी संगठनका चुनावी नाराः क्याम्पसलाई फ्रि वाइफाइ जोन बनाउछौं:

ADVS here

स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा विद्यार्थी संगठनहरुले क्याम्पसहरुलाई फ्रि वाइफाई जोन बनाउने र शैक्षिक प्रमाणपत्र राखेर ऋण लिने एजेण्डालाई घोषणापत्रमा प्रमुखतासाथ उठाएका छन् । फागुन १४ गते त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत हुन लागेको स्ववियु निर्वाचनका लागि प्रमुख विद्यार्थी संगठनले आ आफ्ना प्रतिबद्धतापत्र सार्वजनिक गर्न थालेका छन् । एमाले सम्बद्ध अनेरास्ववियु र माओवादी सम्बद्ध अखिल क्रान्तिकारीले बुधवार प्रतिबद्धतापत्र सार्वजनिक गरे ।

त्यस्तै क्याम्पसहरुलाई फ्रि वाइ फाइ जोन बनाउने, क्याम्पसमा स्वच्छ शैक्षिक वातावरण कायम गर्ने जस्ता साझा नारा दुवैका घोषणापत्रमा उल्लेख छन् । प्रतिबद्धतापत्रमा क्याम्पसको शौचालय सफा गर्नेदेखि विश्वविद्यालयका पाठ्यक्रम परिमार्जन गर्ने सम्मका नारा समेटिएका छन् ।

ads5

ADVS here

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*