Jungle Festival

विद्यार्थीको सर्टिफिकेट लेऊ, शैक्षिक लोन र पार्ट टाइम जब देऊ:

ADVS here

माओवादी सम्बद्ध अखिल क्रान्तिकारीले पनि शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण पाउने व्यवस्था आफूहरुले गराएको दावी गरेको छ । प्रतिबद्धता पत्र सार्वजनिक गर्दै क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले विद्यार्थीलाई रोजागारी वा बेरोजगार भत्ता उपलव्ध गराउनुपर्ने समेत बताए । क्रान्तिकारीले आफ्नो चुनावी नारा नै ‘सरकार विद्यार्थीको सर्टिफिकेट लेऊ,शैक्षिक लोन र पार्टटाइम जब देऊ’ भन्ने तय गरेको छ । क्रान्तिकारीले २८ वर्षे उमेर हद आफ्नै नीति भएकाले नेतृत्व पनि क्रान्तिकारीकै हुनुपर्ने भन्दै विद्यार्थीसाग मत मागेको छ । क्रान्तिकारीले क्याम्पस पढिरहेका नियमित विद्यार्थीलाई पार्ट टाइम जागिरको व्यवस्था गर्नुपर्ने मुद्दा पनि अघि सारेको छ ।

त्यसका लागि उसले विश्वविद्यालयमा छुट्टै पार्ट टाइम रोजगारी बिभाग स्थापना हुनुपर्ने माग समेत गरेको छ । त्रिभुवन विश्वविद्यालयका ६० आंगिक क्याम्पस मध्ये यसअघिको चुनावमा अनेरास्ववियुले २६ क्याम्पसमा जित हासिल गरेको थियो । त्यस्तै नेपाल विद्यार्थी संघले १८ क्याम्पस,अखिल क्रान्तिकारीले १५ र नेपाल क्रान्तिकारी विद्यार्थी संघले एउटा क्याम्पस जितेका थिए ।

 

ads5

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*