ADVS here

किन हुन्छ बालबालिकामा व्यवहार परिर्वतन :

ADVS here

हरेक बालबालिका हाम्रा लागि मात्र होइन, समाज तथा राष्ट्रका लागि महत्वपूर्ण हुन्छन् । प्रत्येक राष्ट्रको भविष्यका कर्णधार अर्थात् भोलिको देश निर्माता आजका बालबालिका नै हुन् । मुलुकको भविष्यका उत्तरदायी यिनीहरू नै हुन्छन् । आगामी समयका समाजका मार्गदर्शक यिनीहरू नै हुन्छन् । तर, हाम्रा यी बालबालिका कुन मनस्थितिबाट गज्रिरहेका छन् भन्ने कुरा के हामीले कहिल्यै विचार गरेका छौं रु बालबालिकाको मनोव्यवहारमा किन परिवर्तन आउँछ रु त्यसका कारणहरू के के हुन् रु यो सन्दर्भ बुझ्न जरुरी छ ।

कारणहरू
बालक अवस्थाका तनावः अचेल मानसिक तनाव अति नै गम्भीर समस्या भइसकेको छ । हामी ९अभिभावक०हरू के सोच्छौं भने ‘यिनीहरूलाई केको तनाव रु न कमाउनु परेको छ न त कुनै खर्च नै गर्नु परेको छ । घरमा बसेर खानु छ, पढ्नु छ अनि खेल्नु त छ ।’ तर हाम्रो यो सोचाइ गलत छ । जसरी घरका बालबालिकाले अभिभावकबाट नै धेरै कुरा सिक्छन्, त्यसरी नै तनाव लिन पनि सिक्छन्। घरको आर्थिक अवस्थाबारे कुराकानी गर्नु, नातेदार र आफन्तहरू बिरामी हुँदा चिन्ता गर्नु, पतिपत्नीबीच कुनै कुरालाई लिएर वादविवाद हुनु, इत्यादिबाट उनीहरूमा प्रभाव परिरहेको हुन्छ ।

केही यस्ता कारण पनि छन् जसले बालमस्तिष्कमा चाँडै प्रभाव पार्छ । त्यसबाट बालकले सजिलै त्यो कुरा सिक्छन् र स्वयं पनि तनावबाट ग्रसित हुन थाल्छन् । अचेलका बालबालिका घरबाट बाहिर गएर खेल्न पाउँदैनन् । उनीहरूको अधिकांश समय मोबाइल, टेलिभिजन, कम्युटर, इन्टरनेट, भिडियो गेमजस्ता प्रविधियुक्त खेलमा बित्ने गर्छ । के यसमा उनीहरूको मात्रै गल्ती छ त रु घरभन्दा बाहिर गएर खेल्ने पार्क नहुनु र खुला वातावरणमा खेल्न नपाउनु पनि बालबालिकाको उदासीको कारण हो, जसलाई हामी बुझेर पनि वास्ता गर्दैनौं ।

टेलिभिजन तथा कम्युटरः प्राकृतिक विपत्तिका खबर, युद्ध, आतंकवादी गतिविधि, दुर्घटना, हिंसा, बलात्कार, अपहरण, बाल यौनदुराचारजस्ता समाचारहरू तथा बालबालिकाले हेर्ने कार्यक्रममा हिंसा, निन्दा, झमेलाका खबर अनि दृश्यहरूले बालबालिकाको कोमल मस्तिष्कमा प्रभाव पारिरहेको हुन्छ ।

घरको वातावरणः जुन घरमा आमाबाबुबीच डिभोर्सको प्रक्रिया चलिरहेको छ, त्यस घरका बालबालिका जीवनको सबभन्दा खराब समयबाट गुज्रिरहेका हुन्छन् । डिभोर्सको प्रकियामा बालबालिकाले आमाबाबुमध्ये एउटालाई रोज्नुपर्ने बाध्यता हुन्छ । बाबु वा आमा एउटासँग मात्र बस्नुपर्ने अवस्था आउँछ । यस्तो मनोदशामा व्यवहारजन्य परिवर्तन आउनु स्वाभाविक हो ।

इन्टरनेटः हाम्रो नयाँ विकासले यी सब परिस्थितिलाई र मानसिक व्यवहारलाई अझ बढी मलजल गरी बढावा दिने काम गरेको छ । अचेलका बालबालिका कम्युटरको अगाडि पत्थरको मूर्तिजस्तै घन्टौं बसिरहन्छन् । सुरुमा केही सिक्ने इच्छाले, पछि गएर भिडियो गेम खेल्न, त्यसपछि साथीहरूसँग एसएमएसरच्याट गर्न, त्यसपछि दिनभरि नै उनीहरूको दिमागमा इन्टरनेट नै घुमिरहन्छ ।

इन्टरनेटको लत कुनै शक्तिशाली रोगभन्दा कम छैन । सन् २००७ मा बाल सरोकार नामक संस्थाले भारतमा गरेको सर्वेक्षणमा हरेक तीनजना बालबालिकामा एक किशोर बालबालिका मानसिक तनावबाट ग्रसित पाइयो । जतिजति मोबाइल र कम्प्युटरसँग बालबालिकाको लगाव बढ्दै जान्छ, त्यतित्यति नै उनीहरूको व्यवहारमा द्रुत गतिले परिर्वर्त आउँदै जान्छ ।

विकृत भोजनः बालबालिकाको खानेकुरा जस्तै जंकफुड, फास्टफुडको प्रचलनले पनि उनीहरूको व्यवहारलाई प्रभावित गर्छ । खानामा हरियो सागसब्जी, फलफूल तथा दूधको कमीले बालबालिकामा अल्छीपना ल्याउँछ । उनीहरूमा मोटोपना आउनु पनि सन्तुलित भोजनको अभाव हुनु हो । कहिलेकाहीँ केटीहरूमा स्लिम बन्न खाना नखाने होडबाजी देखिन्छ, जसका कारण ‘एनोरेक्सिया’ रोग उत्पन्न हुन जान्छ ।
अध्ययनको दबाबः बढ्दो प्रतिस्पर्धाको दबाबले पनि बालबालिकाको व्यवहारलाई प्रभावित गर्छ । अधिकांश बालबालिका स्कुलबाट घर आउनेबित्तिकै ट्युसन पढ्न वा होमवर्कको तयारीमा लागिहाल्छन् । त्यसपछि साँझ परिसकेको हुन्छ । त्यसो हुँदा उनीहरूलाई खेल्ने, मनोरञ्जन गर्ने र बाहिरी दुनियाँसँग सरोकार राख्ने मौका नै मिल्दैन ।

लक्षण

मनोवैज्ञानिक व्यवहार परिवर्तन भएका बालबालिकामा देखिने लक्षण निम्न छन्ः

  • एकान्तमा बस्नु, कसैसँग कुरा गर्न मन नपराउनु, कुरै नगर्नु, ससाना कुरामा चाँडै रिसाउनु, अपशब्द प्रयोग गर्नु, ठूलाबडाको आदरसम्मान नगर्नु प्रमुख लक्षण हुन् ।

बचाव

  •  अभिभावक भएपछि बालबालिकाको मनस्थिति जान्ने प्रयास गर्ने, बुझ्ने र उनीहरूलाई मानसिक तनाबबाट जोगाउनु हाम्रो कर्तव्य हो ।
  • हामीले बालबालिकाको सामुन्ने घरको आर्थिक हानिनोक्सानी तथा अभावका कुरा नगर्ने तथा लडाइँ झगडा तथा चिन्ता लिने वातावरण आउन नदिने ।
  •  बालबालिकाले इन्टरनेट चलाउँदा उनीहरूको गतिविधिमा ध्यान दिने, जसरी हामी उनीहरूका अन्य गतिविधिमा ध्यान दिने गर्छौं ।
  • खानपानसम्बन्धी सही जानकारी उनीहरूलाई दिनु अति जरुरी छ ।
  • कम्प्युटर टीभीमा उनीहरू के हेरिरहेका हुन्छन्, कति समय अनलाइन, खेलमा बस्छन् रु यसबारे पनि ध्यान राख्न जरुरी छ ।
  •  शारीरिक एवं मानसिक स्वास्थ्यका लागि खेल पनि आवश्यक छ । हामीले बालबालिकाको खेलकुदमा पनि ध्यान दिनुपर्छ ।

बालबालिकाको मनोव्यवहार परिवर्तन हुनुमा कुनै न कुनै कारण अवश्य हुन्छ । हेमियोप्याथीमा ती कारण पत्ता लगाई यसको उपचार गरिन्छ । समस्यामा परेकाको मानसिक एवं शारीरिक लक्षणका आधारमा प्रयोग गर्ने केही होमियोप्याथिक औषधि छन् । जस्तै— बैराइटाकार्व, कल्केरियाकार्व, हायोसायमस, बेलाडोना, केमोमिला, स्टेफसिग्रिया, टेरेनटुला, आर्जेन्टम नाइट्रिकम, अमोनियमकार्व, आर्सेनिक एल्ब आदि औषधिले यस्ता समस्यामा फाइदा गर्छ तर यी औषधि विज्ञ हेमियोप्याथिक चिकित्सकको सल्लाहमा मात्रै प्रयोग गर्नुपर्छ ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा डा. अतुलकुमार मिश्रले लेखेका छन् ।

 

ads5

ADVS here

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*