ADVS here

हरिसिद्धि आधारभूत विद्यालयमा शौचालय निर्माण :

ADVS here

हरिपाउँमा रहेको हरिसिद्धि आधारभूत विद्यालयमा एक गैरसरकारी संस्थाको सहयोगमा शौचालय निर्माण गरिएको छ । नवनिर्मित शौचालयको कर्मा फ्लाईट्स फाउण्डेसनका संस्थापक, अमेरिका निवासी म्याट कोन र लिन्डा कोनले एक समारोहका बीच उद्घाटन गर्नुभएको छ ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बासुदेव तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै फाउण्डेसनका संस्थापक कोनले ग्रामीण क्षेत्रका विद्यार्थीलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रममा संस्था पोखरा को—अर्डिनेटर प्रेम कुवँर, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष झलकप्रसाद आचार्य, ऋषिराम आचार्य, रामचन्द्र आचार्य, प्रधानाध्यापक खडानन्द आचार्य, शिक्षक शिव आचार्य लगायतले विद्यालयले भोगेका शैक्षिक समस्याका बारेमा जानकारी गराएका थिए । सहभागीहरुले विद्यालयमा शिक्षक दरबन्दी न्यून रहेको बताउँदै, दरबन्दीका लागि जिल्ला शिक्षा कार्यालयमा पहल गर्न सुझाव दिएका छन् ।

ads5

ADVS here

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*