Jungle Festival

पढाइ सुधार्न टोल समूह:

ADVS here

कक्षा १ देखि ३ सम्म अध्ययन गर्ने विद्यार्थीको पठनशीप सुधार्न कास्कीका विद्यालयमा टोल पढाइ समूह गठन गरिएको छ । विद्यालय बाहेकको समयमा अभिभावकको नेतृत्वमा विद्यार्थी पढाउन त्यस्तो समूह गठन गरिएको हो । कास्कीका ३ सय ९७ सामुदायिक विद्यालयमा ६ सय ८६ टोल पढाइ समूह गठन भएका छन् । राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम (एनइजिआरपी) अन्तर्गत जिल्ला समन्वय समिति र जिल्ला शिक्षा कार्यालयले मंगलबार पोखरामा कार्यशालाको आयोजना गरी सामाजिक तथा सामुदायिक परिचालन रणनीति र क्रियाकलापबारे जानकारी दिएका छन् । एकजना अभिभावकको संयोजकत्वमा ९ देखि १५ जना अभिभावक समूहमा रहन्छन् । समूहले विद्यार्थीलाई स्कुल बाहेकको समयमा पढाउन समन्वय गर्छन् ।


युएसएडको सहयोगमा शिक्षा मन्त्रालयद्वारा सञ्चालित एनइजिआरपीमार्फत समुदायलाई परिचालन गर्न रणनीति तयार पारिएको हो । कार्यक्रमका राष्ट्रिय फोकल पर्सन विष्णु अधिकारीले आफ्नो छोराछोरीको पढाइप्रति अभिभावकको अपनत्व होस भन्ने उद्देश्यले समुदाय परिचालन रणनीति बनाएको बताए । सामाजिक तथा समुदाय परिचालन केन्द्रीय सल्लाहकार अनिल न्यौपानेले अभिभावकलाई विद्यालयसम्म पुगेर विद्यार्थीको बारेमा सोध्ने बानीको विकास गर्न कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

ads5

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*