नेपालमा ३३ वटा जिल्ला साक्षर भईसके:

अनौपचारिक शिक्षा केन्द्रले नेपालमा ३३ वटा जिल्ला साक्षर भईसकेको जनाएको छ ।

केन्द्रले १५ देखि ६० वर्ष उमेर समूहलाई अनौपचारिक शिक्षा दिईदै आइएको पनि स्पष्ट पारेको छ । नेपाल ट्रेड युनियन काँग्रेसले मजदुरका छोराछोरीलाई अनौपचारिक शिक्षा दिनका लागि काठमाडौंमा सोमबार आयोजना गरेको निबन्ध प्रतियोगिता कार्यक्रममा बोल्दै केन्द्रका प्रतिनिधि रुद्रप्रसाद भट्टराईले साक्षरता अभियानले केही गरौंै भन्ने भावनाको विकास गर्ने पनि उल्लेख गर्नु भयो । उहाँले मजदुरका छोराछोरीनै सबै भन्दा बढि निरक्षर हुने गरेको उल्लेख गर्दै उनीहरुलाई साक्षर बनाउने अभियान संचालन गर्नु आफैमा सुःखद विषय भएको पनि बताउनु भयो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*