शैक्षिक क्षेत्रको विकासबाट मात्रै मुलुकको मुहार फेर्न सकिने भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले शैक्षिक क्षेत्रको विकासबाट मात्रै मुलुकको मुहार फेर्न सकिने बताउनु भएको छ ।
राष्ट्रपति भण्डारीले बैज्ञानिक, व्यवसायिक, रोजगारमूलक र गुणस्तरीय शिक्षाबाट मात्रै राष्ट्रलाई प्रगतिपथमा अघि बढाउन सकिने पनि स्पष्ट पार्नु भयो ।

लमजुङको बेसिसहरस्थित गंगामिलन माध्यामिक विद्यालयको स्वर्ण महोत्सवको उदघाटन गर्दै राष्ट्रपति भण्डारीले उन्नत, विकसित र सभ्य समाज निर्माणका लागि पनि शिक्षा क्षेत्रको विकासमा लाग्नुपर्नेमा जोड दिनु भयो । राष्ट्रपति भण्डारीले सार्क क्षेत्रको उत्कृष्ट पर्यटक स्थल घलेगाउँको विकास निर्माणको काममा तीव्रता दिन पनि ढिलाई गर्न नहुने बताउनु भयो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*