ADVS here

शिशु कल्याणमा हुने महायज्ञको तयारी अन्तिम चरणमा:

ADVS here

लेखनाथ १७ ठूल्ढुंगास्थित शिशु कल्याण आधारभूत विद्यालयमा हुने श्रीमद्भागवत ज्ञानमहायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ ।
विद्यालयको शैक्षिक तथा भौतिक विकास गर्ने उद्धेश्यले आगामी माघ २५ देखि फागुन २ गतेसम्म ज्ञानमहायज्ञ गरिने भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा मूल आयोजक समितिका संयोजक श्रीभद्र वरालले जानकारी दिएका छन् ।
श्रीमद्भागवतको प्रमुख वाचकमा प .कमलनयन गौतम रहनु हुने महासचिव डिल्लीराम बरालले वताए । कार्यक्रम अन्तर्गत माघ २४ गते विहान ७ः ३० बजे जीप तथा मोटरसाइकल र्याली विद्यालय प्राङ्गणबाट शुरु भइ भगवती चौतारा, कालिकास्थान , बरेली चोक, पुलचोक , गगनगौंडा भण्ढारढिका, तालचोक, अमरसिंह चोक, पृथ्वि चोक र विरौटा हुँदै पूनः विद्यालयमै पुगेर समापन हुने साथै माघ २५ गते यज्ञ पूर्वाङ्ग तथा कलश यात्रा सम्पन्न गरी कार्यक्रम समुद्घाटन गर्ने कार्यक्रम रहेको प्रचारप्रसार उपसमितिका संयोजक मोति गिरीले जानकारी दिएका छन् ।

ads5

ADVS here

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*