विन्ध्यवासिनी माविको ५३ औं वार्षिकोत्सव, अभिभावक दिवस एवं पुरस्कार वितरण

पोखरा वडा नं. २ बरपाटन स्थित विन्ध्यवासिनी माविको ५३ औं वार्षिकोत्सव, अभिभावक दिवस एवं पुरस्कार वितरण आइतबार कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि जिल्ला शिक्षा कार्यालय कास्कीका सहायक जिशिअ केदारराज आचार्यले कार्यक्रमको उद्घाटन गर्दै शिक्षालाई अझ गुणस्तरीय बनाउन शिक्षकहरु अझ जिम्मेवार हुनुपर्ने, असर शिक्षकलाई पुरस्कृत गर्दा केही मापदण्डहरु तयार गर्दा राम्रो हुने बताए

 

विद्यालयका प्रअ बरन्तराज पाण्डेले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयले गरेका कार्य र भावी योजनाहरुको जानकारी गराएका थिए भने स्वागत मन्तव्य शिक्षक कमल प्रसाद लामिछानेले राखेका थिए ।

उक्त कार्यक्रममा विद्यार्थीहरुले नाटक, क्यारिकेचर लगायत विभिन्न सांस्कृतिक नृत्यहरु प्रस्तुत गरेका थिए । सोही अवसरमा विद्यालयले प्रदान गर्ने शैक्षिक र अतिरिक्त कृयाकलापपका पुरस्कारको साथै अक्षयकोषदाताहरुले विद्यार्थीहरुलाई प्रदान गर्ने पुरस्कारहरु समेत वितरण गरिएको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*