ADVS here

पोखरामा आईसिटि ईन एजुकेशन मोटिभेसन गोष्ठि

ADVS here

कास्कीमा क्रियाशिल शिक्षक, अभिभावक र विद्यालय संस्थापकहरुका लागी आज आईसिटि सम्बन्धि अभिमुखिकरण कार्यक्रम संचालन गरिएको छ । जिल्ला शिक्षा कार्यालय कास्कीको आयोजना तथा आईसिटि इन एजुकेशन नेपाल प्रालिको प्राविधिक सहयोगमा आईसिटि ईन एजुकेशन मोटिभेसन नामक गोष्ठि पोखरामा संचालन गरिएको हो ।


आईसिटि र पछिल्लो प्रविधिका विषयमा आवाश्यक अभिमुखिकरण प्रदान गर्दै शिक्षामा व्यवहारीक परिवर्तन गर्ने उद्देश्यले उक्त गोष्ठिको आयोजना गरिएको जिल्ला शिक्षा कार्यालय कास्कीले जनाएको छ । गोष्ठिमा कास्कीमा रहेका विभिन्न सामुदायीक विद्यालयका प्रध्यानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, निजि विद्यालयका फाउन्डर र प्रिन्सीपलहरु सहभागी भएका थिए ।
कार्यक्रममा उत्कृष्ट मोटिभेटर, विज्ञहरु तथा पेशागत व्यक्तिहरुद्धारा आवाश्यक प्रशिक्षण प्रदान गरिएको छ । कार्यक्रमले नेपाली शिक्षालाई प्रविधिसंग जोड्दै थप प्रभावकारी र विश्वासिलो बनाउने अपेक्षा गरिएको छ ।
यसैविच शिक्षा मन्त्रालयको पुर्व सचिव महाश्रम शर्माले नेपाली शिक्षाको विकास हुन नसक्नुमा केही नीतिगत समस्याहरु रहेका स्विकार गर्नुभयो । पढाई प्रति शिक्षक, अभिभावक र स्वयम विद्यार्थीहरुको प्रतिवद्धता कमजोर भएका कारण समस्याहरु थप जटिल बनेका सचिव शर्माले उल्लेख गर्नुभयो ।

ads5

ADVS here

1 Comment on पोखरामा आईसिटि ईन एजुकेशन मोटिभेसन गोष्ठि

Leave a Reply

Your email address will not be published.


*